रोल्पा नगरपालिका रोल्पाको संक्षिप्त परिचय

Nepali

पृष्ठभूमि:

रोल्पा  नगरपालिका रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो ।रोल्पा नगरपालिकामा समाबेश भएका साबिक न.पा र गा.वि.स हरु लिबाङ न.पा.  ,कोटगाउ, जंकोट, धवाङ,होमा,कोर्चाङ,खुमेल र जेदवाङ गा.वि.स | रोल्पा नगरपालिका घोषणा , मिती २०७३/११/२७ मा गरिएको हो| 

भौगोलिक स्थिति :
रोल्पा गरपालिकाको पूर्वमा सुनछहरी  र सुवर्णवती  गा. पा.  सिमाना , पश्चिममा त्रिवेणी र माडी गा. पा. , उत्तरमा  दुईखोलि गा. पा.  तथा दक्षिणमा सुवर्णवती  र रुंटीगढी गा. पा. पर्दछन्। यस नगरपालिकाको क्षेत्रफल २७०.४२  वर्ग किलो मिटर रहेको छ ।

 समुन्द्री सतहबाट ८२० देखि १२८० मिटरसम्मको उचार्इृ रहेको छ । पूर्व पश्चिम राजमार्गको उत्तर तर्फ दाङ लमहीदेखि दाङ घोराहीबाट प्यूठान तिराम देवीस्थान चकचके हुँदै जिल्ला सदरमुकाम एवं लिबाङ नगरपालिकासम्म २०३३ सालमा सडकले छोएको हो । यो रुट २०४४ सालदेखि परिवर्तन गरी राजमार्गको दाङ भालुबाङदेखि प्यूठान देविस्थान चकचके हुँदै लिबाङ जोडिएको छ । राजमार्गको दाङ भालुबाङदेखि लिबाङ १०९ कि.मि.को दूरीमा रहेको छ । साथै २०६६ सालमा घोराहीदेखि रोल्पाको होलेरी दहवन–गैरीगाउँ–कोटगाउँ हुँदै लिबाङ पनि जोडिएको छ । मध्य पहाडी भू–भागमा पर्ने यो नगरपालिकामा समशितोष्ण खालको हावापानी पाईन्छ । अधिकतम २४.१ देखि न्यूनतम १४.८ डिग्री सेल्सीयससम्म औषत तापमान रहेको पाईन्छ ।

जनसंख्या :
रोल्पा नगरपालिकाको कुल जनसंख्या ३२७५९ रहेको छ |

भाषा, संस्कृति, वसोवास :
जिल्लाको सदरमुकाम भएको कारण लिबाङ नगरपालिका सम्भवतः जिल्लाकै घना बस्ती भएको क्षेत्र हुन सक्छ। सबै वडा बस्तीहरुमा मिश्रित जातजातिहरुको बसोवास रहेको छ । वडा नं. १, २, ३ मा मगरहरु, वडा नंं. ७ मा बाहुन क्षेत्रीहरु, वडा नं. ८ मा योगी/कवर/कुवर तथा ९ मा गुरुङहरुको बाहुल्यता रहेको छ भने अन्य वडाहरुमा विभिन्न जात जातिहरुको मिश्रित वसोवास रहेको छ । मातृ भाषाको रुपमा मगर खाम भाषा वडा नं. ३ र ४, नेवारी भाषा वडा नं. ७ मा बोल्ने गरिन्छ भने वडा नंं. ८ मा केही गुरुङहरुले आफ्नो गुरुङ भाषा बोल्ने गरेको पाइन्छ अन्य वडाहरुमा नेपाली भाषा नै बोलिने गरिन्छ । कला संस्कृतिको धनी लिबाङबासीहरुमा आफ्नै किसिमका सोरठी, पैसारु, श्राँय नाच जस्ता कला–संस्कृति र चाडपर्वका साथै राष्ट्रियस्तरमा मनाईने चाडपर्वहरु पनि मनाईन्छन ।

 

Image: 
लिबाङ टुडिखेल